राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौंः राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि भण्डारीलाई आइतबार राति नै नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

सोमबार काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा उपचार गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए ।

याे पनि पढ्नुस  सागको खेलाडी छनोटमा नेपाल क्रिकेट संघको असन्तुष्टि

उनले अस्पतालका उपचारमा संलग्न हुने सम्पुर्ण डाक्टर एवंम मेडिकल टिमलाई उपचारमा सक्रिय सहयोग गरिदिन गरेका छन् । भण्डारीको उपचारको लागि नेपाल क्रिकेट संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै चन्दले अन्य सरोकारवाला निकायहरुको पनि सहयोगको अपेक्षा गरेका छन् ।

याे पनि पढ्नुस  इस्टर्न रिजनः नेपाली टोलीको बिदाइ, च्याम्पियन बन्ने लक्ष्य

आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा भण्डारी घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्