भारतमा कोरोना संक्रमणबाट पूर्वमन्त्रीको निधन

काठमाडौं : कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन भएको छ । निधन हुनेमा ७८ वर्षीय पूर्वमन्त्री चनेश राम राठिया रहेका छन् ।

उनको आइतबार राति अबेर निधन भएको हो । फोर्टिस अस्पतालमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण भएको थियो। सोमबार बिहान स्वास्थ्य विभागका टोलीले उनको अन्तिम संस्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  दुुर्गममा अनलाइन अध्यापन कठिन

स्वासप्रश्वासमा समस्या भएपछि रायगढको जिन्दल अस्पतालमा बिहीबार भर्ना गरिएको थियो । त्यहीँ उनमा कोरोना भएको रिपोर्ट आएको थियो। आइतबार राति १ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

राठिया अविभाजित छत्तीसगढ र मध्यप्रदेशको सरकारको मन्त्री बनेका थिए । मध्य प्रदेशका मुख्यमन्त्री दिग्विजय सिंहको पालामा उनी मन्त्री भएका थिए। पछि त्यहीँ छत्तीसगढ बनेपछि उनी त्यहीँको खाद्य तथा संस्कृति मन्त्री बनेका थिए ।

याे पनि पढ्नुस  भारतबाट फर्किएका २ जना कोरोना आशंकामा अस्पताल भर्ना

प्राथमिक विद्यालयका शिक्षक राठिया १९७२ को निर्दलीय चुनावबाट राजनीतिमा उदाएका थिए। पछि १९७७ मा कांग्रेसबाट टिकट पाएर उनले विधानसभा चुनाव जितेका थिए ।

कमेन्ट गर्नुहोस्