सिजीले ल्यायो ‘कुशल स्वास्थ्य असल पर्व’ दशैं अफर

काठमाडौंः दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ ।

यस योजनाअन्तर्गत सिजीले आफ्नो ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको महानगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको हो ।

याे पनि पढ्नुस  टेलिकमले ल्यायो फेरि आकर्षक अफर

सिजीको कुनैपनि एल.ई.डि. टिभीको खरिदमा ३० प्रतिशत .सम्मको महानगद छुट र ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सि.जी.को ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

याे पनि पढ्नुस  नेपाल टेलिकमले ल्यायो यस्ता आकर्षक अफर

यसरी नै अरु विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नुहुनेछ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।

याे पनि पढ्नुस  नेपाल टेलिकमले ल्यायो तिहारमा आकर्षक अफर

यो योजना सिजीले भदौ २९ गतेदेखि नेपालभर सिमित अवधिका लागि मात्र लागू गरेको छ ।

कमेन्ट गर्नुहोस्