कर्मचारीलाई लाग्यो चुनावी रन्को, सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाे छ ।

यही असोज २४ गते हुने गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आज कार्यतालिका सार्वजनिक गरेको हो ।

असोज १ देखि निर्वाचन आचारसंहिता लागू हुने प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  कर्मचारीमाथि कोरोना संकटः 'आफ्नै परिवारले आशंकित आँखाले हेर्छ'

निर्वाचन कार्यक्रम तय गर्नका लागि कार्यालयले यसअघि कानून र संघीय मामिला मन्त्रालयमा राय माग गरे पनि ढिलाई भएपछि कार्यालय आफैले कार्यक्रम बनाइ सार्वजनिक गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने यदि गरिसकेको भए पनि रमाना गराउन नपाइने बताइएको छ ।

याे पनि पढ्नुस  नेकपाकै दुई कर्मचारी संगठनबीच हुन सकेन एकता, ट्रेड यूनियनको चुनावमा एकअर्काका प्रतिष्पर्धी

यस्तो छ निर्वाचन कार्यक्रम

कमेन्ट गर्नुहोस्