प्रहरीद्वारा कुटिए नेकपा कार्यकर्ता

महेन्द्रनगर : कञ्चनपुरमा प्रहरीबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तामाथि कुटपिट भएको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका-५ बाट तास खेलिरहेका ७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको घटनाबारे बुझ्न जाँदा प्रहरीबाटै नेकपा कार्यकर्तामाथि नै कुटपिट भएको हो ।

२७ भदौमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले ७ जनालाई तास खेलेको आरोपमा नियन्त्रणमा लिएको थियो । सो घटनाका विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दैगर्दा नेकपा निटक विद्यार्थी संगठनका केही नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  ‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी

पक्राउ परेका उनीहरूलाई प्रहरीले कुटपिट गरेको घटना बाहिर आएपछि अवस्था बुझ्न पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, नेकपा जिल्ला कमिटी सदस्य तथा नगर प्रवक्ता भारमल सुनार, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङ, पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा, नगर कमिटी सदस्य खडकविक्रम थापा र नेकपा कार्यकर्ता कर्णबहादुर ऐडी इलाका प्रहरी कार्यालय गएका थिए । प्रहरी कहाँ पुगेकामध्ये पुजारा र ऐडीमाथि प्रहरीले गालीगलौज गर्दै सांघातिक हमला गरेको नेकपा पुनर्वासले आरोप लगाएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ

पुनर्वास नेकपा नगर कमिटीले आज एक विज्ञप्ति जारी गर्दै प्रहरीले नेताकार्यकर्ताको अपमान गर्नुका साथै घटनास्थलमै नभएका र्दुई जना प्रहरीलाई कुटपिट गरेको गम्भीर आरोपसमेत लगाएको बताएको छ ।

‘नेता कार्यकर्ताको अपमान गर्नुका साथै घटना घट्ने क्रममा घटनास्थलमै नभएका प्रहरी निरीक्षक वकिलबहादुर सिंह र डिउटीमा रहेकी महिला प्रहरीलाई कुटपिट गरेको कलोकल्पित आरोपप्रति गम्भी ध्यानाकर्षण भएको छ,’ पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा र सचिव गगांबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य तोडमोड गरी घटनालाई झुठा मुद्दा लगाएर फसाउने प्रपञ्च गरिएको भान भएकाले यस्तो कार्यप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै इलाका प्रहरी कार्यालयमा भएको सीसीटीभी फुटेज र घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग मा गर्दछौँ ।’

याे पनि पढ्नुस  नक्कली दुई प्रहरी पक्राउ

नेकपा पुनर्वासले जारी गरेको विज्ञप्ति :

 

कमेन्ट गर्नुहोस्