मल आयात नगरेका २ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश

काठमाडाैं : सम्झौता अनुसार युरिया मल आयात नगरेका दुई कम्पनीको कालोसूचीको प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ ।

न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३१ गतेसम्म प्रक्रिया यथास्थितिमा राख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

याे पनि पढ्नुस  यतिको भवन निर्माण प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालतको आदेश

अदालतले बैंक जमानत जफत गर्ने प्रक्रिया पनि यथास्थितिमा राख्न आदेशमा भनेको छ । कृषि सामाग्री कम्पनीले लिमिटेडले भने मल समयमा नल्याउने शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिसकेको छ ।

सिफारिसपछि शैलुङ र हनिकोद्वारा दायर रिटमा सुनुवाइ गर्दै अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलका लागि समेत बोलाएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले तत्काललाई अन्तरकालीन अन्तरिम आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाइएको बताए ।

याे पनि पढ्नुस  महराको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

दाहालले भने, ‘तत्काल निवेदकउपर कुनै पनि कारबाहीका प्रक्रिया अगाडि नबढाउन आदेश भएको छ । भदौ ३१ गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।’

कमेन्ट गर्नुहोस्