चीनका लागि अमेरिकी राजदूतद्वारा पदत्याग, तनाव झनै चुलियो

बेइजिङ : चीनका लागि अमेरिकी राजदूत ब्रेन्स्ट्याडले पदत्याग गर्ने भएका छन् ।

तीन वर्षभन्दा बढी समय चीनका लागि राजदूत रहेका ब्रेन्स्ट्याडले अमेरिकी राष्ट्रपतिको निर्वाचन अघि चीन छोडने सिएनएनले उल्लेख गरेको छ ।

अमेरिका र चीनबीच तनाव चुलिएको बेला यो घोषणा आएको हो। चिनियाँ सरकारले शुक्रबारका दिन अमेरिकी कुटनीतिनज्ञहरुलाई कडाई गरेसँगै राजदूतले पदत्याग गर्ने भएका हुन । गत सेप्टेम्बर ३ मा अमेरिकाले चिनियाँ कुटनीतिज्ञहरुसँग यस्तै कडाई गरेपछि प्रत्युत्तरमा चीनले समेत कडा प्रतिक्रिया जनाएको हो ।

याे पनि पढ्नुस  भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

सोमबार बिहान एउटा ट्वीटर पोस्ट गर्दै अमेरिकी विदेश सचिव माइक पोम्पीओले अमेरिकी राजदूतको रूपमा अमेरिकी जनताको सेवाको लागि ब्रान्स्टाडलाई धन्यवाद दिएका छन् ।

ब्रेन्स्ट्याडको बिदाइको कारण वा महत्वपूर्ण कूटनीतिक पोष्टको सम्भावित उत्तराधिकारीको बारेमा अमेरिकाले कुनै कुनै घोषणा गरेको छैन ।

ट्रम्पले अमेरिकी राष्ट्रपति पदको चुनाव जितेको केही समय पछि डिसेम्बर २०१मा ब्रानस्ट्याड तत्कालीन राष्ट्रपतिले ट्रम्पले चुनेका पहिलो राजदूत थिए।

याे पनि पढ्नुस  भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

ट्रम्पले त्यसबेला तत्कालीन आयोवाका गभर्नरलाई सार्वजनिक नीति, व्यापार र कृषिमा उनको अनुभवको लागि छानिएको बताएका थिए ।

मूल रूपमा ब्रान्स्टडको नियुक्तिलाई बेइजिङले खुला मनले स्वागत गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका

प्रवक्ताले ब्रेन्स्ट्याडलाई चिनियाँ जनताको पुरानो मित्रू भनेर प्रशंसा समेत गरेका थिए । तर, ब्रान्स्टाडले इतिहासमा अमेरिका-चीन सम्बन्धको सबैभन्दा रोचक अवधिहरू प्रत्यक्ष अनुभव गर्ने मौका पाए ।

चिनियाँ जनताको मित्र भनिएका राजदूतकै कार्यकालमा चीन र अमेरिकाबीचको सम्बन्धमा निकै तनाव सिर्जना भएको हो । उनको नियुक्ति पछि, ट्रम्प प्रशासनले एक लामो चलिरहेको व्यापार युद्धको हिस्साको रूपमा सयौं अरबौं डलर चिनियाँ सामानहरुमा शुल्क लगाएको छ।

याे पनि पढ्नुस  भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

अमेरिकालेले ह्युवे जस्ता चिनियाँ प्रविधि कम्पनीहरूलाई देशको संचार पूर्वाधार र अमेरिकी कम्पोनेन्टहरू प्राप्त गर्न प्रतिबन्ध लगाएको छ र अमेरिकामा काम गर्ने चिनियाँ मिडिया पत्रकारहरूमा भिसा प्रतिबन्ध कडा गरेको छ।

कमेन्ट गर्नुहोस्