इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि खुले विद्यालय

कोडोग्नो : इटलीको कोरोना भाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालय सूचारु भएका छन् ।

देशको कोडोग्नो क्षेत्रका बालबालिका गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेलादेखि केही समय कोरोना महामारी उत्कर्षमा पुगेको थियो ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या करिब १२ लाख पुग्यो

इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।

यहाँका धेरै बालबालिकाले कोरोनाका कारण हजुरबुबा हजुरआमा गुमाएका छन् भने कतिपयले अन्य आफन्त पनि गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्