केजरीवालद्वारा ४८ हजार झुग्गीवालाको पक्की घर बनाउने घोषणा

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ४८ हजार झुग्गीवालाहरुको नयाँ घर बनाउने घोषणा गरेका छन् ।

“रेलवे लाइन वरिपरि झुग्गी (झुप्रो)मा बस्ने ४८ हजार जनतालाई पक्की घर बनाउँछ । सुप्रिम कोर्टको आदेश अनुसार यी झुग्गीहरु तोडनुपर्ने छ । सबैलाई आफ्नो झुग्गीको ५ किलोमिटर क्षेत्रभित्र पक्की घर दिइने छ ।”

याे पनि पढ्नुस  परिवार दलका अध्यक्ष ढकाल र दिल्लीका मुख्यमन्त्री केजरीवालबीच भेट

उता केन्द्र सरकारले भने उच्चतम न्यायालयलाई दिल्लीमा १ सय ४० किलोमिटर लामो रेल लाइन नजिक रहेका झुग्गीहरुलाई सरकारले अन्तिम निर्णय नलिँदासम्म नहटाइने जवाफ दिएको छ ।

केजरीवालले स्पेसल प्रोभिजन एक्ट, डुसिब एक्ट, डुसिब पोलिसी र डुसिब प्रोटोकल अनुसार, कुनै पनि झुग्गीवालाई हटाउनु अघि उसलाई पक्की घर दिनुपर्ने बताएका छन् । विगत ७० वर्षदेखि बिभिन्न पार्टीहरुको सरकारले दिल्लीको सही ढंगले योजना नगरेको र गरीबका लागि घर नबनाएको केजरीवालको आरोप छ ।

साथै कोरोना निको नहुँदासम्म झुग्गी हटाउने दिशामा कुनै पनि काम गर्न नहुने समेत उनले बताए ।

याे पनि पढ्नुस  केजरीवाल र अमित शाह फेरि आमने सामने !

‘झुग्गीमा रहने मानिसहरु दिल्लीको अर्थव्यवस्था र दिल्लीको जिन्दगीमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको बिर्सिनु हुँदैन ।” केजेरीवालले भने, “यदि एक दिनका लागि दिल्लीका सबै नेताले काम गर्न बन्द गरे पनि दिल्ली चल्छ तर यदि दिल्लीका सबै झुग्गीवालाहरु एकदिनका लागि काम गर्न बन्द गरे दिल्ली नै बन्द हुने छ।”

कमेन्ट गर्नुहोस्