भारतद्वारा नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध, सुनौलीबाट फर्काइए प्याज बोकेका ट्रक

काठमाडौं । भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

प्याजको मूल्यमा बृद्धि हुन थालेपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयको निर्देशनपछि प्याजका सबै किसिममा तत्कालका लागि प्रतिबन्ध लगाइएको हो ।

सुनौली कष्टमका उपायुक्त शशां यादवका अनुसार, आदेश आएपछि सुनौली सीमामा प्याज बोकेर आएका सबै ट्रकको प्रवेशमा प्रतिबन्ध लगाउँदै सबैलाई फर्काइएको छ ।

यसैबीच सुनौलीमा भारत र नेपालका अधिकारीहरुबीच बैठक सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी रोक्न दुबै देशका अधिकारीबीच छलफल भएको थियो ।

नेपाल तथा भारतबीचको खुला सीमा क्षेत्रमा तस्करी बढन थालेपछि प्रभावकारी कदम चाल्न दुबै देशका प्रशासन अधिकारी सहमत भएका छन् ।

बैैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी प्रमुख विजय थापा, इन्सपेक्टर इश्वरी अधिकारी तथा भारतका सीमा सुरक्षा बलका सहायक कमाण्डेण्ट सञ्जय प्रसाद, कोतवाल आशुतोष कुमार सिंहलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्