फेरि चुलियो तनाव: अमेरिकाद्वारा चीनबाट आयात हुने बस्तुमा प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने कतिपय बस्तुमा फेरि प्रतिबन्ध लगाएको छ ।

चीनले बलपूर्वक मजदुरी गराएर सामान उत्पादन गरेको भन्दै अमेकिारले त्यहाँबाट चीनमा आयात हुने कटन, हेयर प्रोडक्ट, कम्प्युटरका भाग तथा केही टेक्सटाइलमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले चीनको शिनजियाङ प्रान्तमा बसोबास गर्ने उइगर समुदायका मानिसबाट जबर्जस्ती मजदूरी गरेर बनाइएका उत्पादन ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ ।

याे पनि पढ्नुस  चीन-अमेरिका घम्साघम्सीमा क्यानाडालाई सकस ! यस्तो छ मेङ गिरफ्तारीको भित्री कुरो

उइगर मुस्लिमहरुको मानवाधिकार हनन भएको विषय अमेरिकाले उठाउँदै आएको छ । अमेरिकी विदेश विभागका अनुसार, विभागले एक नयाँ वेभसाइट बनाउँदै अल्पसंख्यक समुदायविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले गरेका अत्याचार सार्वजनिक गर्ने बताएको छ ।

चीनले भने उइगर तथा अन्य अल्पसंख्यकहरुको अधिकारको रक्षाका लागि कटिबद्ध भएको र दावी गरिएजस्तो मानवाधिकार हनन नभएको बताउँदै आएको छ ।

याे पनि पढ्नुस  अमेरिकाद्वारा थप ३०० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा करवृद्धि, विश्व अर्थतन्त्रमा भूइचालाे

यसअघि चीनका लागि अमेरिकी राजदूत पदत्यागको घोषणा गरेका थिए । चीन र अमेरिकाबीच हालका दिनमा तनाव निकै चुलिएको छ ।

कमेन्ट गर्नुहोस्