बलात्कारीलाई सार्वजनिक स्थानमा फाँसी या नपुंकसक बनाउनुपर्छ– इमरान खान

इस्लामाबाद, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक स्थानमा फाँसी दिनुपर्ने बताएका छन् ।

यौन हिंसा कम गर्न बलात्कारीलाई कठोर दण्ड दिनुपर्ने उनले बताएका हुन ।

“बलात्कारीलाई या त सार्वजनिक स्थानमा फाँसी दिइनुपर्छ या फेरी रसायनको प्रयोग गरेर नपुंकसक बनाउनुपर्छ ।” ९२ एचडी न्यूज च्यानललाई अन्तर्वार्ता दिँदै खानले भनेका छन् ।

भारतमा एकजना बालिकामाथि राजमार्गमा भएको बलात्कारले देशैभरि आन्दोलन चर्केको बेला उनको यो धारणा आएको हो ।

याे पनि पढ्नुस  १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

उक्त घटनाले सिंगो देशलाई नै हल्लाएको बताएँदै उनले भने, “यो घटनाले देशैभरी आक्रोश फैलिएको छ । किनभने पीडित कसैको बहिनी या छोरी हुन सक्थिन । यही सोचेर आम मानिसले यसको बिरोध गरेका छन् ।”

बलात्कारीहरुलाई कडा भन्दा कडा दण्ड नदिँदासम्म यौन हिंसा नरोकिने उनको भनाई थियो । “बच्चाहरुमाथि बलात्कार गर्नेलाई सार्वजनिक स्थानमा फाँसी या रसायनको प्रयोग गरेर नपुंकसक बनाउनुपर्छ ।”

याे पनि पढ्नुस  मोदीले दिए इमरान खानलाई धन्यवाद

आफूले यो कुरा गर्दा अन्तर्राष्ट्रियस्तरमा यो सजाय स्वीकार्य नभउको बताउँदै उनले भने, “हामीले यो कानुन ल्याउने हो भने यूरोपियन संघ र हाम्रोबीचको व्यापारको अवस्थामा प्रभाव पर्न सक्छ । त्यसैले फाँसी नदिने हो भने पनि रसायनिक या सर्जिकरुपमा बलात्कारीहरुलाई अपराधको डिग्री अनुसार नपुंकसक गर्नुपर्छ । यो कतिपय देशमा गरिन्छ पनि ।”

यौन अपराधविरुद्ध प्रहरी मात्रै नभएर सिँगो समाजले लड्नुपर्ने उनले बताए । “विश्व इतिहास साक्षी छ, समाजमा अश्लीलता बढ्दा कि यौन अपराध बढ्छन कि परिवार व्यवस्था टुट्न पुग्छ ।” उनले भने ।

याे पनि पढ्नुस  ४ वर्षीया बालिका बलात्कार आरोपमा १ जना पक्राउ

पश्चिमको तुलनामा पाकिस्तानी परिवार प्रणाली ठीक भएकोले न्याय प्रणाली र संस्थानलाई ठीक गर्ने सक्ने भएपनि परिवारको संरचनामा नै टूट आएमा यसको पुनर्निमाण गर्न नसकिने उनको तर्क थियो । “बलिउडमा अश्लीलताका कारण नयाँ दिल्ली पनि बलात्कारको राजधानी बनेको छ ।

कमेन्ट गर्नुहोस्