कोरोना सङ्क्रमणबाट बाराकी एक महिलाको मृत्यु

वीरगञ्जः नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छन् ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका थिए । सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  गण्डकीमा थपिए ४७ सङ्क्रमित

अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको जानकारी दिए । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्