यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ४ निर्णय (सूचीसहित)

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला । अहिलेलाई खुलाउने भन्ने भएको छ ।’

याे पनि पढ्नुस  खुकुलो पारिँदै लकडाउन, कस्ताे बन्याे विस्तृत योजना ?

त्यस्तै, बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो । यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  सार्वजनिक यातायातको जोर-बिजोर प्रणाली हटाइयो

मन्त्रिपरिषद् बैठकले मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको हो ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन ।

कमेन्ट गर्नुहोस्