प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पार्टी मुख्यालय धुम्रबराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

याे पनि पढ्नुस  प्रगतिशील र समाजवादउन्मुख बजेट ल्याउने प्रधानमन्त्रीकाे दाबी

कोभिड–१९ का कारणले स्मृति दिवसमा वक्ताका रुपमा कसैलाई नराखिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गरे ।

नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । उनले सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।

याे पनि पढ्नुस  कृषिमन्त्री भुषाल नै प्रधानमन्त्री ओलीको विपक्षमा !

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उनी प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए । उनी नुवाकोटको साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिएका थिए ।

क्रान्तिप्रति उच्च निष्ठा र प्रचण्डका विश्वासिला थिए पोष्टबहादुर

कमेन्ट गर्नुहोस्