नेपालमा कोरोनाको फेरि रेकर्ड

काठमाडौंः नेपालमा कोरोनाले फेरि नयाँ रेकर्ड राखेको छ । आज हालसम्मकै बढी संक्रमित थपिँदै कोरोनाले रेकर्ड राखेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍‍‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रतिको संख्या ५६ हजार ७८८ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाका कारण नेपालमा पहिलो व्यक्तिको मृत्यु

यसअघि २६ गते शुक्रबार सबैभन्दा बढी १४५४ जना संक्रमित थपिएका थिए ।

मंगलबार १०३७५ पीसीआर गरिएको छ ।

पछिल्लो २४ घण्टामा १९६२ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । हाल नेपालमा १५ हजार ७७८ सक्रिय संक्रमित संख्या छ ।

याे पनि पढ्नुस  नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ३७१ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्