अफगानिस्तानमा बम विस्फोटमा ५ सैनिकको मृत्यु

अफगानिस्तानः पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो ।

प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो । त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ ।

याे पनि पढ्नुस  नेपालमा अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु, निको हुने दर सार्कमै कम

सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाबाट पहिलो पटक कुकुरको मृत्यु

अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । उक्त समाचारका अनुसार बागदिस जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ ।

तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ । एएनआई

याे पनि पढ्नुस  न्यायाधीशको गोली हानी हत्या

 

कमेन्ट गर्नुहोस्