धरानमा कोरोना संक्रमणबाट थप १ को मृत्यु

काठमाडौंः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान-१७ का ७० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

उनमा भदौ २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतकमा उच्च रक्तचापसहित ज्वरो खोकी जस्ता समस्या रहेको थियो ।

कमेन्ट गर्नुहोस्