रजिष्टर्डदेखि उपकूलपतिसम्मको यात्राः २६ वर्षमा वैध भन्दा अवैध सम्पति बढी !

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०५० असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ ।

याे पनि पढ्नुस  यातायातका नासु भुषास घुससहित पक्राउ

आयोगका अनुसार दासको वैध आय रु सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ । तर, सो अवधिमा १५ करोड ३२ लाख तीन हजार ३५० रुपैयाँ खर्च तथा लगानी भएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

याे पनि पढ्नुस  बालुवाटार जग्गा प्रकरणमा बयानका लागि ५८ जनालाई बोलाइयो, सम्पर्कमा नआए के हुन्छ?

खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यो पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएकोले दासले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

कमेन्ट गर्नुहोस्