हवाई उडान र सार्वजनिक यातायात पर्सिदेखि शुरू हुने

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् । त्यसका लागि केही मापदण्ड तोकिएका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको हो । भाडादर ५० प्रतिशत बढाइएको छ ।

याे पनि पढ्नुस  भदौ १६ देखि मात्र लामो दूरीका यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ । एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ । ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।

बैठकले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि नै होटल पनि खुल्नेछन् ।

कमेन्ट गर्नुहोस्