सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

ओखलढुङ्गा: ओखलढुङ्गामा चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका २ बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

याे पनि पढ्नुस  स्कुल जाँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार

आरोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले

बलात्कार गर्न सहयोग गरेको तथा अन्य २ ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्