चीनले भन्यो- कोरोनाविरुद्ध गर्न केके चाहिन्छ, लिष्ट पठाउ, हामी सामान दिन्छौं

बेइजिङ : चीनले नेपालमा देखिएको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची पठाउन आग्रह गरेको छ ।

आज बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग भएको भेटवार्तामा नेपालमा देखिएको कोरोना महामारी नियन्त्रण गर्न चीनले यस्तो आग्रह गरेको हो ।

याे पनि पढ्नुस  कोरोना भाइरस हामीसँग लामो समय रहन्छः डब्लूएचओ

यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । ‘महामारीले नेपालको अवस्थामा गम्भीर असर परिरहेका बेला चीनले ढाडस दिएको छ, आवश्यक स्वास्थ्य सामग्रीको सूचि पनि मागेको छ,’ राजदूत पाण्डेसँगै भेटवार्तामा सहभागी दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए ।

याे पनि पढ्नुस  देशभरका कारागारमा कोरोना फैलिन्छ भनेर कडाइ

नेपालमा महामारी फैलिएदेखि नै चीनले सहयोग गर्दै आएको छ भने नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोहोर्‍याएको छ ।

कमेन्ट गर्नुहोस्