कुलमान गएपछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् ।

ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टका अनुसार प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।

याे पनि पढ्नुस  माडीमा बल्यो बिजुली, अब रोल्पालीले अध्याँरोमा बस्नुपर्दैनः मन्त्री पुन

गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।

 

कमेन्ट गर्नुहोस्