राजमार्गभित्रका संरचना हटाउन डिभिजन सडक भरतपुरको अल्टिमेटम

काठमाडौं : डिभिजन सडक भरतपुरले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका राष्ट्रिय राजमार्गभित्र पर्ने संरचना हटाउन अल्टिमेटम दिएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय राजमार्गको सडक सीमामो २५ मिटर दायाँ बायाँ र भवन सीमासहित ३१ मिटर दायाँबाँयाका क्षेत्रहरु खाली गर्न भनेको हो ।

डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्रभित्र सवारी र पैदल यात्रुलाई समेत अवरोध पुग्ने तथा सेटब्याकलाई अवरोध पुग्नेगरी लिंक सडक निर्माण गर्ने, भवन संरचना निर्माण गर्ने, नाली पुरेर बाटो बनाउने, होटल ब्यवसाय गर्दा सडक सीमा प्रयोग गरी अव्यवस्थित रुपमा सवारी रोक्ने, घर किनाराबाट पानी सडकतर्फ बगाउने जस्ता कार्यले सडकमा धेरै क्षति हुने गरेको र यसले मर्मत कार्य समेत अनावश्यक रुपमा बढेको भन्दै त्यसो नगर्न सचेत समेत गराएको छ ।

याे पनि पढ्नुस  डा. केसीद्वारा सरकारलाई दुई साताको अल्टिमेटम, माग पूरा नभए अनसन बस्ने चेतावनी

कार्यालयले सडक ऐन २०३१ बमोजिम सडक सीमा अतिक्रमण रोक्न र सुरक्षित यातायात सञ्चालन तथा सडक सीमा सुरक्षाका लागि भन्दै सूचना प्रकाशित गरिएको जनाएको छ । सूचनाको अटेरी गरेमा जुनसुकै बेला पनि त्यस्ता संरचना हटाइने समेत कार्यालयले चेतावनी दिएको छ ।

याे पनि पढ्नुस  डा. केसीद्वारा सरकारलाई दुई साताको अल्टिमेटम, माग पूरा नभए अनसन बस्ने चेतावनी

राष्ट्रिय राजमार्ग स्तरोन्नति अन्तर्गत यस कार्यालय मातहत पर्ने सडकको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा यस्तो सूचना जारी गरिएको डिभिजनका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनकाअनुसार अहिले सो ठेक्का अन्तिम स्वीकृतिको चरणमा छ ।

कमेन्ट गर्नुहोस्