ओलम्पियन नयना दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं : ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजिटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरूले पीसीआर परीक्षण गराएको शाक्यले बताइन् ।

याे पनि पढ्नुस  लकडाउनमा निःशुल्क खाना

पहिलो पटक कोरोना नदेखिएपनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरे पछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोनाबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् ।

तीनै जना घरमै आइसोलेसनमा बसिरहेकी छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उजले सवैमा आग्रह गरेकी छन् । शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी छन् ।

कमेन्ट गर्नुहोस्