त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमको काउन्टर

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमले पनि काउन्टर राखेको छ । कम्पनीले विदेशबाट आउनेका लागि बिमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुरु गरेको हो ।

कम्पनीले आफ्ना ग्राहकहरु लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउनेहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मंगलबारदेखि विमानस्थलको आगमन क्षेत्रमा नयाँ काउन्टर सुचारु गरेको हो ।

याे पनि पढ्नुस  गृहमन्त्री थापाले भने, ‘भारतको ‘काउन्टर’ मा सीमा सुरक्षा बल बढाउँछौं’

नयाँ काउन्टर मार्फत् विदेशबाट आउने ग्राहकले स्मार्टको सिम कार्ड तथा रिचार्ज कार्ड पाउने कम्पनीका मार्केटिङ प्रमुख तर्क भट्टले जानकारी दिए । उनका अनुसार अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टको उपभोग समेत गर्न सक्नेछन् । नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकसँग जोडिन र गुणस्तरीय सेवा लिन ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

याे पनि पढ्नुस  डेढ किलो सुनसहित २ भारतीय पक्राउ

स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ । यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ ।

याे पनि पढ्नुस  स्मार्ट र हेलो नेपाल लाइसेन्स खारेजीबाट जोगिए

२८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा देशका अन्य शहरहरुमा पनि विस्तारको तयारी भईरहेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्