पीसीआर ल्याबका स्वास्थ्यकर्मीले पाएनन् डेरा, होटेल सञ्चालकले दिए निःशुल्क कोठा

झापा : एकका लागि एक अभियानमार्फत झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा सञ्चालनमा आएको पीसीआर ल्याबका डाक्टर र प्राविधिकले सुरुङ्गा क्षेत्रमा डेरा नपाएपछि यहाँस्थित होटल क्वीन प्यालेशले डाक्टर र प्राविधिकलाई तीन वटा कोठा निःशुल्क उपलब्ध गराएको छ ।

स्थानीय व्यवसायी बिजय गजुरेलले कोटीहोममा संचालित पीसीआर ल्याबका स्वास्थ्यकर्मीका लागि कसैले पनि डेरा नदिएको सुनेपछि आफूले होटलका तीन वटा कोठा निःशुल्क प्रदान गरेको बताए ।

याे पनि पढ्नुस  झापाका एक युवकमा देखियो एन्टिबडी पोजेटिभ

‘समाजमा अझैपनि कोरोना सचेतना छैन । दिनरात स्वाब परीक्षणा गर्ने डाक्टर र प्राविधिक बस्ने भने पनि यहाँका अन्य होटल र घरवालाहरु कसैलेपनि डेरा कोठा दिन मानेनन धन्न एकजना मनकारी व्याक्तित्व भेटिए र हामीले राख्न सक्यौँ,’ एकका लागि एक अभियानका सदस्य समेत रहेका लीला चिमरियाले बताइन् ।

याे पनि पढ्नुस  झापामा मोटरसाइकल चोरिरहेका दुईजना रंगेहात पक्राउ

यता होटल क्वीन प्यालेसका सञ्चालक बिजय गजुरेलले भने आफूले कम्तिमा डेढ महिनाका लागि उक्त कोठा निःशुल्क उपलब्ध गराएको बताउँदै आफूले यसअघि पनि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई आवश्यक परेको खण्डमा आफ्नो पुरै होटल नगरवाशीका लागि आइसोलेशन बनाउनका लागि निशुल्क दिने वचन दिइसकेको बताए ।

याे पनि पढ्नुस  झापामा गोली चल्यो, इन्स्पेक्टरसहित ३ जना घाइते

हाल होटल क्वीन प्यालेशका ३ कोठामा ५ जना डाक्टर र प्राविधिक रहँदै आएका छन् । प्रतिकोठा २ हजारका दरले पनि ३ कोठाको हरेक दिनकै ६ हजार पीसीआर ल्याबको वचत भएको चिमरियाले बताइन् ।

कमेन्ट गर्नुहोस्