मनकारी मीनाः आफूले एक छाक खाइन तर भोको राखिनन् दर्जनबढी कुकुरलाई

काठमाडौं । लकडाउनको सास्ती नभोग्ने को होला ? आम मानिसलाई यसको सबैभन्दा बढी असर परेको छ । खासगरी मजदूरी गर्नेहरु त बिचल्लीमा परेका छन् ।

तर यसको असर जनावरलाई पनि उत्तिकै परेको छ । मान्छेले त मागेर पनि खान सक्छन् तर जनावर नि रु

यही सोचिन मनकारी मीनाले । आफूले भरपेट खाँदा वरिपरि घुम्ने कुकुरहरुको अवस्थाले उनको मन दुख्यो । अनि उनले एउटा ठूलो फैसला गरिन ।

उनले आफूले एक छाक खाएर ती सबै कुकुरलाई खाना खुवाइन ।

नवभारत टाइम्सका अनुसार, अर्काको घरमा खाना बनाएर गुजारा गर्दै आएकी मीनाले आफू भोको रहेपनि कुकुरहरुलाई भोको नराख्ने प्रण गरिन ।

चेन्नइकी मीनाका अनुसार, उनका केही मालिकहरुले एडभान्समा पैसा दिए । मालिकहरुलाई आफ्नो घरमा १३ कुकुर बस्ने थाहा थियो । अनि मीनाले गल्लीका कुकुरलाई खाना खुवाउँदै आएको पनि उनीहरुले थाहा पाएपछि केही सहयोग गरेको मीनाले बताइन ।

 

कमेन्ट गर्नुहोस्