मनास्लु हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना नेपाल पुग्दै

काठमाडौं : बहराइनका राजकुमारसहितको टोली हिमाल चढ्नका लागि नेपाल आउने भएको छ । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२ः३० बजे नेपाल प्रस्थान गरेको हो ।

भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो । बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको छ ।

याे पनि पढ्नुस  बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण

दूतावासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ।

कमेन्ट गर्नुहोस्