मास्क लगाउन नमानेपछि जहाजबाट निकालिए दुई यात्री

टोक्यो, जापान । जापानमा मास्क लगाउन नमान्ने दुईजना यात्रुलाई जहाजबाट बाहिर निकालिएको छ ।

सिएनएनका अनुसार, शनिवारका दिन एयर सिष्टम कम्पनीकोजहाज हाकोडेतेद ओकुशिरीतर्फ गइरहेको बेला एकजना यात्रुले मास्क लगाएका थिएनन । जहाजका कप्तानले ती यात्रुका लागि मास्क मगाएपनि

यात्रुले भने मास्क लगाउन मानेनन् । यही क्रममा जहाज आधा घण्टा ढिलो भएको थियो ।

यात्रुले भने मास्क लगाउँदा अनुहारमा रातो डाबर आएको र असहज भएको कारण लगाउन नमानेको बताएका छन् । तर एयरलाइन्सले भने यात्रुले असहयोग गरेको र अभद्र व्यवहार गर्दै मास्क लगाउन नमानेपछि बोर्ड गरिसकेको अवस्थामा पनि निकालिएको बताएको छ ।

जापानमा नै गत सेप्टेम्बर ७ का दिन पनि एकजना यात्रुलाई निकालिएको थियो । कुशिरोदेखि ओशाकोतर्फ उडान भर्न ठीक्क परेको पिच एभिएसनको जहानमा पनि एकजना यात्रुले मास्क लगाउन मानेका थिएनन । सिएनएनका अनुसार, एयरलाइन्सले यात्रुको अभद्र व्यवहारका कारण निजलाई जहाजबाट निकालेका थिए ।

 

कमेन्ट गर्नुहोस्