धरानमा कोरोना संक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानमा बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

याे पनि पढ्नुस  कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

प्रवक्ता डा. सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका १७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट बिहानै थप ५ जनाको मृत्यु

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । ती मध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का छन् ।

कमेन्ट गर्नुहोस्