‘गंगाजल’ले कोरोना भाइरस मार्नसक्ने वनारस विश्वविद्यालयको दावी

बनारस । वनारस हिन्दु विश्वविद्यालयको इन्स्ट्च्यिूट अफ मेडिकल साइन्सले गंगाको पानीमा पाइने ब्याक्टेरियोफोजले कोरोना भाइरसलाई हराउन सक्ने दावी गरेको छ ।

संस्थानले गरेको अनुसन्धानबाट प्राप्त निश्कर्ष अनुसार मानिसमा ट्रायल गर्ने तयारी चलिरहेको छ । शोधको विस्तृत विवेचन इन्टरनेशनल जर्नल अफ माइक्रोबायोलोजिको आगामी अंकमा प्रकाशन हुने भएको छ ।

बनारस हिन्दु विश्वविद्यालयको न्यूरोलोजि विभागका विभागीय प्रमुख प्रो. रामेशव नाथ चौरसिया, न्यूरोलोजिष्ट प्रो. बीएन मिश्राको अगुवाईमा चिकित्सकहरुको टीमले ४९० जनामा सर्वेक्षण गरेका थिए । मिश्राका अनुसार प्रारम्भिक नतिजामा नियमित गंगा स्नान र गंगाजललाई यो वा त्योरुपमा सेवन गर्नेहरुमा कोरोना संक्रमणको कुनै असर देखिएको छैन ।

गंगा नदीको ५० मिटर वरिपरि रहने नियमित गंगा स्नान र गंगाजल सेवन गर्ने २७३ जनामा सर्वे गरिएको थियो । यसमा ३० देखि ९० आयुवर्गका मानिस सहभागी थिए । यिनीहरुमध्ये कसैमा पनि कोरोना भएको छैन । त्यसैगरी सोही दूरीमा बस्ने २१७ जना गंगाजलको सेवन नगर्नेहरुमा पनि सर्वे गरिएका थियो । यी मध्ये २० जनामा कोरोना भएको पाइयो भने दुईजनाको कोरोनाकै कारण मृत्यु पनि भएको छ ।

प्रोफेसर मिश्राले गोमुख, बुलन्दशहर, कानपुर, प्रयागराज र वाराणासीसहित गंगा स्वच्छ भएको १७ स्थानबाट ब्याक्टेरियोफोजको नमूना संकलन गरिएको थियो । यो नमूनामा ब्याक्टेरिया मार्ने क्षमता रहेको पत्ता लागेको हो । त्यसपछि टीमले गंगाजलकै स्प्रे समेत तयार गरेको छ ।

अनुसन्धान टीमले विश्वविद्यालयको इथिकल कमिटिसँग क्लिनिकल ट्रायलको अनुमति मागेको छ । मिश्रााका अनुसार, अब १९८ जनामा यसको ट्रायल हने छ । शुद्ध गंगाजल भएको कारण यसको कुनै साइड इफेक्ट पनि नपर्ने उनको भनाई छ । उक्त टीमका अन्य सदस्यमा एडवोकेट अरुण गुप्ता, डॉ। अभिषेक पाठक, डॉ। वरुण कुमार सिंह, डॉ। आनंद कुमार, डॉ। रजनीश चतुर्वेदी, शोध छात्रा निधि शामिल छन् ।

शोध प्रकाशनका लागि स्वीकृति

दुई सेप्टेम्बरका कारण यो शोध इन्टरनेशनल जर्नल अफ माइक्रोबायोलजीमा प्रकाशनका लागि स्वीकृत भएको छ । यसैबीच टीमले तयार गरेको स्प्रेलाई उपचारमा प्रयोग गर्न भारतीय चिकित्सा अनुसन्धान परिषद (आइएमएस)लाई स्वीकृतिका लागि पठाइएको छ । त्यहाँबाट स्वीकृति पाइएपछि कोरोना बिरामीमा यसको क्लिनिकल ट्रायल गरिनेछ ।
यदि यसमा सफलता पाइएमा १० रुपैयाँमा नै स्प्रेको रुपमा कोरोनाको औषधी पाइनसक्छ ।

कमेन्ट गर्नुहोस्