श्राद्धमा खाना खाएका एकै टोलका १५ जना बिरामी, १ को मृत्यु

कैलालीः श्राद्धमा खाना खाएका गोदावरी नगरपालिका–१० खमौराका १५ जना बिरामी परेका छन् ।

स्थानीय सुरेश बोहरा मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बिरामी १५ जनामध्ये तीन जनाको नवजीवन अस्पताल, दुई जनाको माया मेट्रो अस्पताल र बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

याे पनि पढ्नुस  ‘भगवान भरोसा’ सुदूरपश्चिम, ६० हजार बढी क्वारेन्टाइनमा, छैन पिसिआर, कहाँ गयो साढे ३ अर्ब ?

सेती प्रादेशिक अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरू बिरामी परेको बताए ।

गोदावरी नगरपालिका–१० का अध्यक्ष रविन्द्र शाहीका अनुसार उनीहरूले भदौ २७ गते श्राद्धमा खाना खाएका थिए ।

कमेन्ट गर्नुहोस्