फेरि स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, यी कुन ४ कम्पनी

काठमाडौंः चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन परेको छ ।

चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललितपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजरमा विषाक्त रसायन मिथानोल फेला परेको र गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको विभागले जनाएको छ ।

याे पनि पढ्नुस  विवाहमा दाइजो मास्क र स्यानिटाइजर !

काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो ।

याे पनि पढ्नुस  हात धुने स्यानिटाइजर बनाउन सिकाउँदै नाष्ट

विभागले ती स्यानिटाइजर प्रयोग नर्गन सर्वसाधरणलाई आग्रह गरेको छ । साथै कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाइजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाइजर तुरुन्त फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको छ ।

काठमाडौं र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन (मिथानोल) पाइएको थियाे ।

स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, प्रयोग नगर्न आग्रह

कमेन्ट गर्नुहोस्