४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ

काठमाडौंः ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसी रेहका छन् । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा प्याज मंहगोमा बेचेको भेटिएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले केसीलाई पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

अनुमगनको क्रममा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरीपछि ६ जना प्याज व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आउन भनिएको छ ।

सो क्रममा दुई सय १९ बोरा प्याज सिल गरिएको छ ।

कमेन्ट गर्नुहोस्