चम्बल नदीमा डुंगा पल्टिंदा ११ को मृत्यु, ४ युवाले जोगाए २५ जनाको ज्यान

इटावाः भारतको राजस्थान राज्यको कोटा–इटावामा डुंगा पल्टिंदा ११ जनाको मृत्यु भएको छ । आज बिहान नौ बजे चम्बल नदीमा यात्रु बोकेर गइरहेको डुंगा पल्टिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जना वेपत्ता रहेका छन् । मृतक सबै ११ जनाको शव निकालिएको छ । डुंगा पल्टिएपछि स्थानीय युवाहरुले २५ जनाको भने सकुशल उद्वार गर्न सफल भएका छन् । भास्कर दैनिकका अनुसार, २५ जनाको सीट क्षमता भएको डुंगामा ४० जना यात्रु रहेका थिए । यतिमात्रै नभएर यात्रुहरुले मोटरसाइकललगायतका सामान पनि डुंगामा राखेका कारण भार सहन नसकी डुंगा पल्टिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा पल्टियो

डुंगा पल्टिएको स्थानमा नदीको गहिराई ४०, ५० फीट रहेको बताइन्छ । मृतकहरुमा ६ पुरुष, ४ महिला र एक बच्चा रहेका छन् । चार जना स्थानीय युवाहरुले २५ जनाको ज्यान जोगाएको समाचारमा उल्लेख छ । घटना चाणदा र गोठडा गाउँबीचमा भएको हो ।

कमेन्ट गर्नुहोस्