नेपालमा कोरोनाका नयाँ रेकर्ड, थपिए अहिलेसम्मकै बढी संक्रमित

काठमाडौंः नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै बढी हो । यसअघि भदौ ३० गते मंगलबार १४५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बुधबार १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना त्रासः ‘लकडाउन’पछिको अवस्था (फोटो फिचर)

आज १०६८ जना निको भएका छन् । निको हुनेको संख्या ४१७०६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २४२ छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्