नेकपाले बोलायो सचिवालय बैठक, पेरिसडाँडामा बस्ने

फाइल फोटो ।

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक शुक्रबार ११ बजे बोलाउने सहमति भएको हो ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा अम्ब्रेला स्ट्रिट शुभारम्भ

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको बैठक शुक्रबार पेरिसडाँडामा बस्नेछ । पेरिसडाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो ।

एकतापछि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय तथा बैठक हुने गरेका भए पनि पार्टीको तहमा यो नै पहिलो बैठक हो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि बैठकस्थल बालुवाटारबाट पेरिसडाँडामा बस्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक: चार घण्टासम्म सरकारका कामको समीक्षा

 

कमेन्ट गर्नुहोस्