मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नहुने

काठमाडौंः सरकारले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिए । उनले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’

तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

याे पनि पढ्नुस  नेपालमा थप १५ जनामा देखियो कोरोना

नेपालमा कोरोना संक्रमणबाट पहिलाे मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्