काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, फेरि नयाँ रेकर्ड

काठमाडौंः काठमाडौं उपत्यकामा बुधबार ७३७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार उपत्यकाको काठमाडौंमा ६५२ जना, ललितपुरमा ६० जना र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ । काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन् ।

याे पनि पढ्नुस  स्वास्थ्य सामग्री खरिद विवादः किन रद्द भयो ठेक्का ?

बुधबार उपत्यकामा थपिएका संक्रमितको संख्यामा हालसम्मकै उच्च हो । यसअघि उपत्यकामा ६९६ जना संक्रमित एकैदिन थपिएको रेकर्ड थियो ।

देशभर पनि आज हालसम्मकै बढी १५३९ जना संक्रमित थपिँदा ८ जनाको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

 

कमेन्ट गर्नुहोस्