भोलिबाट लाइसेन्स वितरण हुने

काठमाडौंः सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट (असोज १) हुने भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।

लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ। निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्