सिरहा कारागारमा एकैदिन २५९ जनामा कोरोना संक्रमण

सिरहा : कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड स्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २ सय ५९ जना कोरोना सङ्क्रमित भएको हो ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

दुई आश्रितसहित ५ सय ९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो सङ्ख्यासहित ५०७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमितमध्ये सात जना कैदीबन्दी निको भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिए । सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा समेत कारागारमा अधिकांश कैदीबन्दी सङ्क्रमित भएको उनको भनाइ छ ।

याे पनि पढ्नुस  ‘कोरोनाविरुद्ध लड्न चिनियाँ मोडलको तयारी भइरहेको छ’

कमेन्ट गर्नुहोस्