प्रदेश-२ मा एकैदिन थपिए २७५ कोरोना संक्रमित

जनकपुरधाम : प्रदेश-२ मा बुधबार २७५ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । लकडाउन खुकुलो भए सँगै प्रदेशमा पुनः संक्रमण बढ्न थालेको हो ।

केही दिनदेखि घट्दै आएको संक्रमणको दर केही जिल्लामा पुनः बढ्न लागेको स्वास्थ्य निर्देशनालय प्रदेश-२ ले जनाएको छ ।

याे पनि पढ्नुस  नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनरायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा आज दुईजना महिला र २७३ जना पुरुष गरी २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश-२ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

याे पनि पढ्नुस  ट्रम्पले भने, ‘मे १ अगाडि लकडाउन खुल्छ’

योसँगै प्रदेश-२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार ४ सय ८९ पुगेको उनले बताए ।

उनका अनुसार आज सिरहामा सबैभन्दा बढी २ सय ५९ जना, महोत्तरीमा एक जना, पर्सामा पाँच जना , रौतहटमा एक जना र सप्तरीमा आठ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  तीव्र गतिमा फैलिँदै कोरोनाः ११ लाख नाघे संक्रमित, शिर्ष स्थानमा अमेरिका (सूचीसहित)

आज सप्तरी जिल्लाको खड्ग नगरपालिका-३ का एक ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले बताए ।

योसँगै प्रदेश-२ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्