नागार्जुनका मेयरले जिते कोरोना

काठमाडौं : नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड-१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

आइसोलेसनमा बसेका उनी कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिए ।

आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्