गाजापट्टीबाट इजरायली भूमिमा १५ वटा क्षेप्यास्त्र प्रहार

तेलअभिभ : इजरायली सेनाले गएराति प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरू लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ ।

इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ ।

याे पनि पढ्नुस  इजरायलमा चिनियाँ राजदूत मृत भेटिए

इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।’ इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ ।

याे पनि पढ्नुस  रकेट हमलापछि इजराइलले गर्‍यो इरानका दर्जन बढी स्थानमा एकै पटक जवाफी आक्रमण

यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो ।

कमेन्ट गर्नुहोस्