कांग्रेस महामन्त्री कोइरालाको आइसीयूमा उपचार हुँदै

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोेभिड­-१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ । ‘अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा. कोइरालालाई निमोनिया भएको छ ।

याे पनि पढ्नुस  आइसोलेसनबाट शशांकले भने– चिन्ता गर्नुपर्दैन, चाँडै डिस्चार्ज हुन्छु

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

कमेन्ट गर्नुहोस्