डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडाैं : डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।

याे पनि पढ्नुस  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्‍यो

हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । यसअघि भदौ १६ मा निगमले पेट्रोल दुई रुपैयाँ मूल्यवृद्धि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्