इंग्ल्याण्डले दियो अष्ट्रेलियालाई ३०३ रनको लक्ष्य, बेयरिस्टोको शतक

काठमाडौं : एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ३ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

म्यानेचेस्टरमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनायो ।

उसका लागि ओपनर जोनि बेयरिस्टोले शतक बनाए । उनले १२६ बलमा १२ चौका र २ छक्कासहित ११२ रनकाे याेगदान दिए । बेयरिस्टोको यो १० औँ शतक हो ।

याे पनि पढ्नुस  अष्ट्रेलियाविरुद्ध आर्चरको करियरकै उत्कृष्ट बलिङ, एक्लैले लिए ६ विकेट

त्यस्तै, साम बिलिङ्ले ५७, क्रिस वोक्सले अविजित ५३, टम कुरानले १९, कप्तान इयोन मोर्गनले १९, जोस बटलरले ८ र आदिल रसिदले नटआउट ११ रन बनाए । जेसन रोय र जो रूटले भने आज खातासमेत खोल्न सकेनन् ।

बलिङमा अष्ट्रेलियाका टिमका एडम जम्पा, मिचेल स्टार्कले ३-३ र प्याट कमिन्सले एक विकेट लिए ।

याे पनि पढ्नुस  वेष्ट इन्डिज विरुद्धको वानडे सिरिज श्रीलंकाद्वारा ‘क्लिन स्विप’

तीन खेलको सिरिजमा दुबै टिम १-१ को बराबरीमा छन् । आजको म्याच जो टिमले जित्नेछ उसले नै सिरिज आफ्नो पक्षमा पार्नेछ ।

कमेन्ट गर्नुहोस्