इंग्ल्याण्डसँगको वानडे सिरिज अष्ट्रेलियाले जित्यो

काठमाडौं  : इंग्ल्याण्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले २-१ ले जितेको छ । गएराति अन्तिम खेलमा इंग्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो ।

इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

सिरिजको ‘निर्णायक’ खेलमा अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतक बनाए । म्याक्सवेलले १०८ र क्यारीले १०६ रन बनाए ।

याे पनि पढ्नुस  वानडे सिरिजः टस हारेर ब्याटिङ गर्दै भारत, प्लेइङ ११ मा को–कोले पाए मौका?

त्यस्तै, डेविड वार्नरले २४, मार्नस लाबुसेनले २०, कप्तान आरोन फिन्चले १२, मिचेल स्टार्कले अविजित ११ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा इंग्ल्याण्ड टिमका जो रूट, क्रिस वोक्स्ले २-२, आदिल रसिद र जोफ्रा आर्चरले एक/एक विकेट लिए ।

म्यानचेस्टरको मैदानमा भएको खेलमा अहिलेसम्म वानडेमा २ सय ५० रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन । अष्ट्रेलियाले ३०३ रनको विशाल लक्ष्य पूरा गर्दै नयाँ कीर्तिमानसमेत बनाएको छ ।

याे पनि पढ्नुस  पहिलो वानडे म्याचमा भारतीय टिमलाई जरिवाना

सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै ३ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

उसका लागि ओपनर जोनि बेयरिस्टोले शतक बनाए । उनले १२६ बलमा १२ चौका र २ छक्कासहित ११२ रनको योगदान दिए । बेयरिस्टोको यो १० औँ शतक हो ।

याे पनि पढ्नुस  वानडे सिरिजः अफगानिस्तानद्वारा वेस्ट इन्डिजलाई २५० रनको लक्ष्य

त्यस्तै, साम बिलिङ्ले ५७, क्रिस वोक्सले अविजित ५३, टम कुरानले १९, कप्तान इयोन मोर्गनले १९, जोस बटलरले ८ र आदिल रसिदले नटआउट ११ रन बनाए । जेसन रोय र जो रूटले भने आज खातासमेत खोल्न सकेनन् ।

बलिङमा अष्ट्रेलियाका टिमका एडम जम्पा, मिचेल स्टार्कले ३-३ र प्याट कमिन्सले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्