उपत्यकामा निषेधाज्ञा यथावत

काठमाडौं :  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  कोरोना भाइरस: ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले कोरोना सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले असोज १ गतेबाट लागू हुने गरी अर्को आदेश नभएसम्म साबिकको निषेधाज्ञा जारी रहेको स्पष्ट पारे ।

याे पनि पढ्नुस  विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो, निर्देशिकामा के छ ?

यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्